गण्डकी : पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी गरिएको छ। मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान सर्वदलीय बैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको छ। सर्वदलीय बैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन्। शुक्रबार सम्पन्न निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।