|

काठमाडौंः विश्व चर्चित नेपाली सेफ सन्तोष शाहको बायोपिक बन्ने भएको छ। दीपक रौनियारको निर्देशनमा शाहमाथि फिल्म बन्ने भएको हो। 

शाह सन २०२० मा सम्पन्न बिबिसी मास्टर सेफका उपविजेता हुन् भने २०२१ मा भएको मास्टरसेफः द प्रोफेसनल्स रिम्याचका विजेता हुन्। उनले बेलायतबाट पुरा विश्वमा नेपाली खानाका परिकारहरूको प्रचार गरेका थिए। 

शाहको बायोपिक रौनियारले बनाउने भएपछि नेपाली फिल्म दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको छ। रौनियार देश तथा विदेशमा ख्याती प्राप्त लेखक तथा निर्देशक हुन्। उनका सेतो सुर्य, हाइवे लगायतका फिल्मले अन्तर्राष्ट्रि फिल्म क्षेत्रको ध्यानआकर्षण गरेका थिए। फोर नाइट्स उनको पछिल्लो फिल्म हो। 

सन २०१२ मा आएको हाइवे बर्लिन फिल्म फेस्टिभलमा छानिएको थियो, सेतो सुर्यले सन २०१६ को टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा भाग लिएको थियो भने फोर नाइट यस वर्षको बर्लिन फिल्म फेस्टिभलमा भाग लिँदैछ। 

शाहकाे बायाेपिक घाेषणा भइसकेकाे छ भने यसका कलाकार छाया‌कन तथा प्रदर्शन मितिकाे भने टुंगाे लाग्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.