|

रुकुम पूर्व : ​रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार जनककुमार बाँठामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँफिकोट–७ को मतदानस्थलमा शुक्रबार बाँठा चढेको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको थियो। 

लगत्तै उनलाई नियन्त्रण लिई शुक्रबार राति नै जिल्ला ल्याइएको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सम्भावित घटना रोक्नका लागि आवश्यक सुरक्षा सतर्कता अपनाएको बताए। यसै विषयलाई लिएर बाँफिकोटको मतगणना सुरु हुन सकेको छैन ।

मतगणनाका लागि कांग्रेसका प्रतिनिधि सम्पर्कमा नरहेको जनाइएको छ। उनीहरूले बाँठालाई नियन्त्रण राख्नु नपर्ने भन्दै आएका छन्। मतपेटिका शुक्रबार नै संकलन भए पनि मतगणना सुरु भएको छैन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.