|

बैतडी : बैतडीका स्थानीय तहमा मतगणना शुरू भएको छ। शुक्रबार मतदान सम्पन्न भएपछि कुनै पालिकामा गएराति र कुनैमा आजदेखि मतगणना शुरू भएको हो।

स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीामा ६७.२२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा १ लाख ४८ हजार ६०६ मतदाता मध्ये ९९ हजार ८९६ जनाले मतदान गरेका हुन्।  जिल्ला निर्वाचन अधिकारी माधव फुयालका अनुसार जिल्लामा ५४ हजार ३९६ महिला र ४५ हजार ५ सय पुरुष मतदाताले मतदान गरेका हुन्। 

सबै भन्दा बढी पुर्चौंडी नगरपालिकामा ७१ प्रतिशत अर्थात १४ हजार ८७२ मतदाताले मतदान गरेका छन्। डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत अर्थात ९ हजार २९७, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत अर्थात ७ हजार ८०३, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत अर्थात ६ हजार ७३३,  मेलौली नगरपालिकामा ६६ प्रतिशत अर्थात ९ हजार ६१, र पाटन नगरपालिकामा ६६ प्रतिशत अर्थात १३ हजार ५६१ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत अर्थात ९ हजार ४४७, पञ्चेश्वर गाउँपालिकामा ६ हजार ६९७, दशरथचन्द नगरपालिकामा १३ हजार ५९१ र सिगास गाउँपालिकामा ८ हजार ५३४ जनाले मतदान गरेका हुन्। बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरि ४ सय ४० पदका लागि निर्वाचन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.