|

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। मरिण गाउँपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुर्मछान ५ सय ६ मत प्राप्त  गरेर प्यानलै विजयी भएको हो। 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल लामिछाने मगरले ३३८ मत प्राप्त गरेका छन्। भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जगतबहादुर जिम्बाले २११ मत प्राप्त गरेका छन्। 

सो वडाको मतगणना अनुसार गठबन्धन दलका उम्मेदवारले अग्रता बनाएका छन्। माओवादी केन्द्रका मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले वडा नं. १ बाट ५५५ मत प्राप्त गर्दैै अग्रता लिएका छन्। 

एमालेका अध्यक्षका उम्मेदवार गोविन्दलाल माझीले ४३१ प्राप्त गरेका छन्। गठबन्धन दल नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवार बिमला माझीले ५२२ मत ल्याएर अग्रता बनाएकी छन्। 

जनता समाजवादी पार्टीका उपाध्यक्षका उम्मेदवार छलीमाया राना मगरले १२, स्वतन्त्र उपाध्यक्षका उम्मेदवार धनजरी माया बलले २ मत ल्याएकी छन्। मरिण गाउँपालिका वडा नं. १ मा कुल १ हजार ११८ मत खसेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.