|

डडेल्धुरा : डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ। आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा योगेन्द्र विजयी भएका छन्।

देउवाले नेपाली कांग्रेसका गम्भीरसिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनको नकटतम् प्रतिद्वन्दी बोहराले ३७७ मत ल्याए।

महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेबी कामी ३ सय ९२ मत प्राप्त गर्दै विजय भएका छन्। उनको प्यानलका खुला सदस्य प्रकाश थापा ३४८ र तुलाराम बोहरा ३६७ पराजित भएका छन्। खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै विजयी भए। नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सुरत बोहराले ६५ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.