|

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डाविरुद्धको टी-२० अन्तरराष्ट्रिय सिरिज खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको आज घोषणा गरेको छ।

रुबिना क्षेत्रीको कप्तानीमा क्यानले नेपाली टोलीको घोषणा गरेको हो। यू-१९ टोलीबाट खेलिसकेकी हिरणमयी रोय पहिलोपल्ट राष्ट्रिय टोलीमा परेकी छन्।

नेपालले जेठ ३ गते युगान्डासँग टियु क्रिकेट मैदानमा टी-२० सिरिजको पहिलो खेल खेल्नेछ। नेपालले भ्रमणकारी युगान्डासँग ५ टी-२० खेल खेल्नेछ।

नेपालले दोस्रो टी-२० जेठ ३ गते र तेस्रो जेठ ५ गते खेल्नेछ भने चौथो टी-२० जेठ ६ गते र अन्तिम टी-२० जेठ ७ गते खेल्नेछ।

यस्तो छ नेपाली टोली:

रुबिना क्षेत्री(कप्तान) , सिता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम,अश्मिना कर्माचार्य, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, डोली भट्ट, हिरणमयी रोय र बिन्दु रावल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.