|

पाल्पा : जिल्लाको रम्भा गाउँपालिका-५ ताहुमा नेकपा एमालेको प्यानल विजयी भएको छ।

वडाध्यक्ष पदमा एक हजार ११ सय ३८ मत प्राप्त गरेर एमालेका खुमकान्त बस्याल विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर कामुले ७४६ मत पाएका छन्।

खुला सदस्यमा एकालेकै दिलबहादुर गाहा, केशरबहादुर राना, महिला सदस्यमा हिमकुमारी राना र दलित महिला सदस्यमा नानुकुमारी गन्धर्व विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए।

यहाँ नेपाली कांग्रेस, जनता समाजवादी दल, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्तिलगायतका दलहरूबीच गठबन्धन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.