|

काठमाडाैं : भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीलाई गठबन्धनकी उम्मेदवार रेनु दाहालले उछिनेकी छन्।

वडा १ बाट ३५० गणना गर्दा रेनुले १३३ मत ल्याएकी छन् भने एमालेका सुवेदी १२७ मत ल्याएका छन्। हालसम्मको मतगणना अनुसार रेनु र सुवेदीबीच ६ मतान्तरकाे फरक छ। 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.