|

संखुवासभा : जिल्लाको चिचिला गाउँपालिकामा दिउँसो १ बजे मत गणना स्थगित भएको छ। राजनीतिक दलका प्रतिनिधिबीच विवाद उत्पन्न भएपछि दिउँसो १ बजे मत गणना स्थगित भएको चिचिला गाउँपालिका निर्वाचन अधिकृत शान्तिप्रसाद शर्माले जानकारी दिए। 

निर्वाचन अधिकृत  शर्माका अनुसार साँझ ६ बजेसम्म  सहमति जुटेको छैन। सहमतिका लागि छलफल भइरहेको भएपनि अहिलेसम्म नजुटेको शर्माले बताए। 
चिचिलामा वडा नम्बर १ र २ को मत गणना सकिएको छ। यी दुई वटै वडा नेपाली काँग्रेसले जितेको छ। 

चिचिला गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता छ। गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका पासाङ नुर्वु शेर्पा ५०९ मत ल्याएर अग्रता लिएका छन्। नेकपा माओवादीका रिपुप्रसाद राईले ४१३ मत र नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन्।

उपाध्यक्षमा काँग्रेसकी  मनकला राईले  ४९८ मत ल्याएकी छन् भने नेकपा माओवादीकी तीर्थमाया राईले ४३४ मत र नेकपा एमाले  विष्णुकुमारी राईले २७३ ल्याएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.