|

धनकुटा : मतदान प्रक्रियामा नेकपा एमाले र गठबन्धनका प्रतिनिधिबीचको विवादका कारण स्थगित शहीदभूमि गापा-६ को निर्वाचन सोमबार हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालय शहीदभूमिले ठाकुरदेवी मा.वि. र ६ नं. वडा कार्यालयका तीनवटा मतदान केन्द्रमा सोमबार पुनः मतदान गर्ने निर्णय गरेको हो।

विवादका कारण शुक्रवार साढे ११ बजेदेखि यो केन्द्रमा मतदान रोकिएको थियो। अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताका तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद भएको थियो। विवाद शुरु भई मतदान कार्य अवरुद्ध भई पटक पटक सर्वदलीय बैठक राख्दा समेत बेलुका ५ बजेसम्म पनि विवाद निरुपण हुन सकेको थिएन।

शहीदभूमि निर्वाचन कार्यालयले विवादका बीच मतदान सञ्चालन गरे थप भौतिक क्षति समेत हुने निष्कर्ष निकाली मतदान रोकेको थियो। 

तीनवटा केन्द्रमा २५ सय १३ मतदाता रहेका छन्। मतदान प्रक्रिया स्थगित हुनुपूर्व ८१२ मत खसेको थियो। तीनवटै केन्द्रमा पुनः नयाँ प्रक्रियाबाट मतदान हुने निर्वाचन अधिकृत रुद्रमणि गिरीले बताए। उनका अनुसार मतदान भएपछि मात्र एकैपटक सबै वडाको मतगणना हुनेछ।

निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगको समन्वयमा नयाँ मिति तोकिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.