पाल्पा : रामपुर नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा कपिलबहादुर खाँणले ९४७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी मिनबहादुर खाँणले ७५१ मत पाएका छन्।
कांग्रेसको महिला खुल्ला सदस्यमा देवका पोखरेलले ८९५, दलित महिला सदस्य जिवनमाया सार्कीले ९१४, खुल्ला सदस्यहरु नारायण चन्दले ९०० र मदन कार्कीले ९०० मत ल्याएर विजयी भएका छन्।
नेकपा एमालेका खुल्ला महिला सदस्य दानमाया रानाले ७९७, दलित महिला सदस्य विष्णुकुमारी विश्वकर्माले ७७८, खुल्ला सदस्य पूर्णहादुर (कृष्णबहादुर) अर्धलीले ७७५, अर्का खुल्ला सदस्य हेमसरा सारुले ७६९ मत पाउनु भएको छ।
वडा नं १ मा नगर प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापाले ८९२, उपप्रमुख बालकुमारी थापाले ८९४, नेकपा एमालेका शिव अर्यालले ८०२, उपप्रमुख दुर्गादेवी रानाले ८०९, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले एक, उपप्रमुख गायत्री न्यौपानेले एक, स्वतन्त्र उम्मेदवार (पुतली चिह्न) प्रेमप्रकाश श्रेष्ठले २ मत प्राप्त गरेको छ।निर्वाचनमा १ हजार ७४४ मत खसेकोमा १२ मत बदर भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।