|

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। 

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उपेन्द्र खड्काले १ हजार ३९१ मत ल्याएका छन्। एमालेका मोहामाया ढकाल  एक हजार २९८ मतसहित पछिपछि छन्। 

राप्रपाका उम्मेदवार मुकुन्द श्याम गिरीले ५३९ र एकीकृत समाजवादीकी
धनकुमारी शाहीले ९ मत ल्याएका छन्।

उपप्रमुखतर्फ एमालेका नीलकण्ठ खनालले एक हजार ५२४ मत ल्याएका छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी शान्ति ढकालले एक हजार २१० मत ल्याएकी छिन्।

राप्रपाका लक्ष्मीकुमारी सार्कीले १२६ र स्वतन्त्र उम्मेदवार अनिल ढकालले ७१ र एकीकृत समाजवादीका वीरबहादुर भोटेले २० ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.