|

काठमाडौं :  हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी रावल विजयी भएका छन्। 

रावलले एमालेका प्रकाशबहादुर शाहीलाई ६ सय १५ मतले पराजित गर्दै विजयी भएका हुन्। रावलले १८ सय १० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले ११ सय ९५ मत पाए। 

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८ सय ७२ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत पाए।

खार्पुनाथमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमाले र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.