|

काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।

यो पालिकामा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएको निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ। मिङमाले २ हजार २८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत ल्याए।

यस्तै उपाध्यक्षमा  टासीले २ हजार २३ मत पाउँदा कांग्रेसकै निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत पाइन्। पाँच वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ भने बाँकी वडाहरू नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.