|

ललितपुर : ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ। 

पछिल्लो परिणामअनुसार हालसम्म एक हजार ४०० मतगणना भएको छ।  महर्जनले ७०६ र एमालेका हरिकृष्ण व्यञ्जनकारले ३३६ मत पाएका छन्। 

यता महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ। नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ र  एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन्। 

उपप्रमुखमा  एमालेकी वीना सुवेदी केसीले ४२२ र कांग्रेसकी लक्ष्मी महर्जनले ३३८ मत पाएकी छिन्। महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.