|

दाङ : बंगलाचुली गाँउपालिका–२ मा नेपाली कांग्रेसका मैते पुन मगर विजयी भएका छन्। नेकपा माओवादीका मेघराज रानालाई हराउँदै पुन वडाध्यक्षमा विजयी भएका हुन्।

पुनले ८०५ मत पाउँदा नेकपा माओवादीका रानाले ४४० र एमालेका झगलाल घर्ती मगरले १५८ मत मात्रै पाए। 

बंगलाचुली गाउँपालिकाको अन्य वडाको मतगणना जारी छ। वडा नं. २ को सदर एक हजार १५० मतमा अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसीराम पुनले ८०१ मत ल्याएका छन्। मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भेषराज खत्रीले १७९ मत प्राप्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.