|

इलाम : इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का विजयी भएका छन्। नेकपा एमालेबाट उम्मेदवारी दिएका आफ्नै भाइ मनोज खड्कालाई १ सय २२ मतले उछिन्दै उनी मनाेहरि विजयी भएका हुन्।

मनोहरिले ६ सय १० मत पाउदा मनोजले ४ सय ८८ मत पाएका छन्। अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपाली बाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ। वडा सदस्यमा नेपाली कांग्रेसको उमेद्वारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा विजयी भएका हुन् ।

त्यसैगरी वडा नम्बर १ को मत गणना सकिँदा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुवास तामाङको २ सय १३ मतको अग्रता आएको छ। एमालेको मेहरमान तामाङले ४ सय ८४ मत ल्याउँदा नेपाली काँग्रेसका सुवास तामाङले ६ सय ९७ मत पाएका हुन्।

त्यस्तै उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ। एमालेको उम्मेदवार बिष्णु खवास भन्दा नेपाली कांग्रेसको कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन्। कल्पनाले ६ सय ११ र विष्णुले ५ सय ६० मत पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.