|

धादिङ: धादिङको गल्छी गाउँपालिका २ मा पनि एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षका उम्मेदवार षडानन्द खनाल प्यानल सहित विजयी भएका छन्। खनाल निवर्तमान वडाध्यक्ष हुन्।

खनालले एक हजार ४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट एकीकृत समाजवादीका रमेश मगरले एक हजार ३१ मत ल्याएका छन्। खनाल २०७४ को निर्वाचनमा एक हजार ११ मत ल्याएर विजयी भएका थिए।

वडा नम्बर २ बाट गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदार खतिवडाले एक हजार ३७,  कृष्णहरि श्रेष्ठलाई ८९५ मत पाएका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसका भाइकाजी तिवारीले ८८१ मत ल्याउँदा राधा तिमल्सिनाले एक हजार १२१ मत पाएकी छिन्।

 वडा नम्बर १ मा एमालेका तर्फका उम्मेदवार यदुकुमार खतिवडाले जितिसकेका छन्।

ज्वालामुखी गाउँपालिका–१ को अध्यक्ष पदमा पनि एमालेका कृष्ण गिरी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवारलाई  सात मतान्तरले हराएका हुन्।गिरिले ५०२ मत ल्याउँदा नेपाली काँग्रेसका ईश्वर मगरले ४९५ मत पाए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.