|

कञ्चनपुर :  भीमदत्त नगरपालिका-१ मा नेपाली कांग्रेसका उम्मेदवार आसेफ कुँवर(भुन्टु) निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दी समाजवादीका कमल बहादुर विष्टलाई ४६६ भारी मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन।

 कुँवरले ७३२, विष्टले २६६ र एमालेका गगन सिह कार्कीले १९६ मत ल्याएका थिए।

 आफ्नो सेवा सुविधा वडाका जेष्ठ असहाय नागरिकलाई वितरण गरेर चर्चा कमाएका कुँवरले दोस्रो पटक वडाको नेतृत्व सम्हाल्दैछन्।

०७४ भन्दा यस पटक ०७९ मा कांग्रेसका भुन्टुले ९५ मत थप वृद्धि गरेका छन।  अघिल्लो पटक कांग्रेसका भुन्टुले ६३७ मत ल्याएका थिए। उक्त वडामा एमालेले यस पटक निकै मत घटाएको छ। अघिल्लो पटक एमालेले ४६९ मत ल्याएको थियो। अहिले २ सय समेत कटाउन सकेन।

लोकप्रियता र कामका आधारमा कांग्रेसका कुँवरले यस पटक पनि अघिल्लो पटक भन्दा बढि मत ल्याएर जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.