|

विराटनगर : विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिइरहेका छन्। एमालेका उम्मेदवार सागर थापालाई ५ सय बढी मतले पछि पार्दै कोइरालाले अग्रता लिएका हुन्। 

कोइरालाले २ हजार ३ सय ७७ मत ल्याउँदा एमालेका थापाले १ हजार ७ सय १० मत ल्याउँदै दोस्रोमा छन्। त्यस्तै स्वतन्त्र रुपमा उठेका उमेश यादवले ७ सय ६३ मत ल्याएका छन्। 

उपमेयरमा भने एमालेले अग्रता लिइरहेको छ। एमालेका उम्मेदवार शिल्पा कार्कीले १ हजार ९ सय २३ मत ल्याएकी छन् भने जसपाका अमरेन्द्र यादवको १ हजार २ सय ८ मत रहेको छ। 

वार्ड नं. १ र १६ मा कांग्रेसकै अग्रता रहेको छ। त्यस्तै वार्ड नं. २ मा राप्रपा, १७ मा जसपा, १८ मा स्वतन्त्र उम्मेद्वार र १९ मा एमालेले अग्रता लिइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.