|

काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा'ले गठबन्धनप्रति असन्तुष्टि जनाएका छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर माओवादी केन्द्रले सोचेजस्तो नतिजा नआउने देखेपछि उनले असन्तुष्टि जनाएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘अघिल्लो र यो दुवै गठबन्धन प्रत्युत्पादक भयो। हाम्रा काँधमा चढेर उनले तारो टिपेर हामीलाई चारो हाले। हामी माओवादीले समिक्षा गरौं।’

उनले ०७४ सालमा नेकपा एमालेसँग र अहिले कांग्रेससहित पाँच दलीय गठबन्धनमा रहेको माओवादीले आफैंमा समिक्षा गर्नुपर्ने औँल्याएका छन्। 

उनले ०७४ भन्दा कांग्रेसले १०० र माओवादीले ४०/५० सीट थप्ने र एमालेकाे १०० सिट घट्ने सुरुवाती नतिजाले आँकलन गरेका छन्।

‘गठबन्धन भनिराखेका छौ नी ! थाहा छ-गठबन्धन त ७५३ मध्य १ तिहाइमा पनि भएको छैन। (माओवादी-कांग्रेस ११६ मा मात्रै भएको छ)’ उनले भनेका छन्, ‘म फेरी पनी भन्छु माओवादीले जित्ने दुई तिहाइभन्दा बढी सिट एकल भिडेका स्थानमा जित्ने हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.