|

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ। सुरुवातदेखि नै अग्रता लिएका हमालले ३ हजार ८९२ मतगणना हुँदा १ हजार ८२९ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ५६ मत पाएका छन्। हमाल र वडबीच ७७३ मतको अन्तर छ। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १९२ मत पाएका छन्।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९०४, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६१७ र एमालेकी कन्दकला रानाले ५०६  मत पाएका छन्। यो वडा नम्बर १ को मतगणना नतिजा हो।

अहिले १९ को पनि मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.