|

काठमाडौं : निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ। अनावश्यक विवाद झिकी मतगणना रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनामा ढिलाई गर्ने गरिएकाप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। 

मतगणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणना तीव्र बनाउन आग्रह गरेका हुन।

उपलब्ध भएसम्म सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणनामा प्राथमिकताका साथ खटाउने तथा स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.