|

काठमाडौं : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका ६ जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

नइ प्रकाशनले सुनगाभा विशेषज्ञ प्राडा विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही ६० हजार रूपैयाँ रहेको छ।

त्यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी श्री भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गरिने भएको छ। यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही ५० हजार रूपैयाँ रहेको छ।

साथै मिस नेवाः सुश्री कृसा महर्जनलाई ताम्रपत्रसहित २५ हजार रूपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने भएको छ। नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.