|

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको मतगणना स्थलमा नाराबाजी भइरहेको छ।

दिउँसो भएको मतगणनामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार रमेश कार्कीले उम्मेदवार नै नरहेको माओवादी केन्द्रको मत पनि आफूलाई नै आएको भन्दै दाबी गरेपछि मतगणना स्थगित भएको हो।

वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघट्टीमा रहेको नगरपालिका कार्यालय परिसर बाहिर अहिले नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। डेढ घण्टादेखि यहाँको मतगणना रोकिएको हो।

अहिले सुनसरीका प्रुमख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितको टोलीले बैठक जारी राखेको जानकारी प्राप्त भएको छ। यद्यपि बाहिर भने लगातार नाराबाजी भइरहेको छ। उनीहरूले मतगणना अधिकृतले निष्पक्ष मतणना गर्न नसकेकाले राजीनामा दिन समेत माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.