|

पर्वत : पाँचवटा वडाहरू रहेको मुस्ताङको थासाङ गाउँपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसले जितेका छन्।

मत परिणाम अनुसार एमालेका उम्मेदवार प्रदीप गौचनले कांग्रेसका उम्मेदवार बाल कुमारी शेरचनलाई ८९ मतको अन्तरमा पराजित गरेका हुन्।

गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेका छन् भने शेरचनले एक हजार ५५ मत पाएका छन्। उपप्रमुख पदमा भने कांग्रेसका उम्मेदवार सोमल हिराचनले एमालेकी उम्मेदवार सुमिता शेर्पालाई ३२ मतले पराजित गरेका छन्।

हिराचनको पक्षमा एक हजार एक सय १२ मत आउँदा शेर्पाले एक हजार ८० मत पाएका छन्।

पाँचवटा वडाका अध्यक्षमध्ये चारवटा वडाका अध्यक्षमा कांग्रेसले जितेको छ। वडा–१ मा कांग्रेसका सुरेश थकालीले एमालेका विजय थकालीलाई एक मतले पराजित गरेका छन्।

सुरेशलाई एक सय ८६ मत आएका छन् भने विजयलाई एक सय ८५ मात्र। दुई जना खुल्ला सदस्यमा एमालेका दीपक थकाली र अमर सिङ शेर्पा, महिला सदस्यमा एमालेकी किपल थकाली र दलित महिला सदस्यमा पनि एमालेकी दिल कुमारी नेपाली निर्वाचित भएकी छिन्।

वडा–२ को वडाध्यक्षमा एमालेका गौतम शेरचनले कांग्रेस र राप्रपाका उम्मेदवारलाई पछाडि पारे। गौतमको पक्षमा दुई सय ८१ मत पर्दा कांग्रेसका उम्मेदवार प्रविन शेरचनलाई दुई सय २७ र राप्रपाका रत्ने शेरचनलाई १२ मत परेका छन्।

एमालेबाट दुई जना खुल्ला सदस्यमा भीम प्रसाद थकाली र निशान तुलाचन, महिला सदस्यमा मनु गौचन र दलित महिला सदस्यमा हिमा बि.क निर्वाचित भएका छन्। 

वडा–३ को अध्यक्षमा कांग्रेसका हरि प्रसाद गौचनले एमालेका महेन्द्र गौचनलाई ८२ मत अन्तरले पराजित गरेका छन्। हरिलाई दुई सय ६८ मत परेका छन् भने महेन्द्रको पक्षमा एक सय ८६ मत परे। दुई जना खुल्ला सदस्य, एक जना महिला सदस्य र एक जना दलित सदस्यको पदमा पनि कांग्रेसकै उम्मेदवारहरू निर्वाचित भएका छन्। उनीहरू क्रमशः भक्तबहादुर विश्वकर्मा, जिन मति सिङजाली मगर, सुर्ज गौचन र राधिका सार्की रहेका छन्।

यस्तै वडा–४ मा कांग्रेसका नरेन्द्र शेरचनले एमालेका विशाल शेरचनलाई पराजित गरेका छन्। नरेन्द्रले दुई सय पाँच मत पाउँदा विशालले एक सय ८८ मत पाएका छन्। खुल्ला सदस्यमा कांग्रेसकै सन्तोष गौचन र जगत पुन (मगर), महिला सदस्यमा कांग्रेसकै तिल कुमारी नेपाली तथा दलित महिला सदस्यमा पनि कांग्रेसकै मन कुमारी बि.क निर्वाचित भएकी छिन्।

वडा–५ मा कांग्रेसका रुपेश तुलाचनले एमालेका देवचन्द्र शेरचनलाई आठ मतको अन्तरले पराजित गरेका छन्। रुपेशले दुई सय २४ मत पाउँदा देवचन्द्रले दुई सय १६ मत पाएका छन्।

दुई जना खुल्ला सदस्य, एक जना महिला सदस्य र एक जना दलित महिला सदस्यमा एमालेबाट क्रमशः दीपक थकाली, अमर सिङ शेर्पा, रविता गौचन र पदमिनी बि.क निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.