|

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका- १ को अध्यक्षमा सन्तोष मुडभरी विजयी भएका छन्। आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउदै मुडभरी विजयी भएका हुन्। वडा सदस्यमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन्।

दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन्।

वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन शाही, लक्ष्मण विक, हिरेन्द्रबहादुर शाह, सामाजिक एकता पार्टीबाट मेलराम डगौरा थारु र जनता समाजवादी पार्टीबाट सिमादेवी सेवाले उम्मेदवारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.