|

कञ्चनपुर : लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल रानाले सुरुदेखि अग्रतालाई कायम राखेका छन्।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी राधा रानाले अग्रतालाई निरन्तरता दिएकी छन्। गाउँपालिका वडा नं. ३, ४, ५ र ६ को ७ हजार २८ मत गन्दा एमालेले अध्यक्षमा अग्रता बनाएको हो।

माओवादीका निवर्तमान अध्यक्ष मदनसेन बडायक र उपाध्यक्ष सत्यदेवी महरा पछि परेका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मत परिणाम अनुसार वडा नम्बर ३, ४, ५ र ६ को मत गणना सम्पन्न भएको छ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राधा रानाले अग्रता बनाएकी छन्। अध्यक्षमा एमालेले २२५४, माओवादी केन्द्र १९१४ र नेपाली कांग्रेस १७८३ मत ल्याएका छन्। यसैगरी उपाध्यक्षमा कांग्रेस २२७२, माओवादी १८५५ र एमाले १८३१ मत ल्याएको छ।

मतगणना सम्पन्न भएका ३, ४ र ६ नम्बर वडा वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीले जितेकाे थियाे। अघिल्लो निर्वाचनमा एमाले सबै वडामा पराजित भएको थियो। लालझाडीबाट एमालेका दुई सदस्य मात्रै निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.