|

झापा : गौरादह नगरपालिका १ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका नगेन्द्र भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। भण्डारीले १९९३ र गौतमले १७३१ मत ल्याएका छन्।

भण्डारी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका अन्जु निरौला, लक्ष्मी विक, केशर बहादुर खवास र जमुन राई निर्वाचित भएका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.