|

पर्सा : वीरगन्ज महानगरपालिकाकाे मेयरमा पाँचदलीय गठबन्धनका राजेशमान सिंहले दाेब्बरभन्दा बढीकाे अग्रता लिएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार सरावगीलाई १५ सय ४६ मतले पछि पार्दै सिंहले अग्रता लिएका हुन्।

५ हजार ७ सय २७ मत गणना हुँदा एमालेका सरावगीकाे १ हजार २ सय ८६ मत रहेकाे छ भने सिंहकाे २ हजार ८ सय ३२ मत रहेकाे छ। राप्रपाका गिरिश गिरीले ८६ मत मात्रै ल्याएका छन्।

उपमेयरतर्फ कांग्रेसका इम्तियाज आलमले २ हजार २५ मतसहित अग्रता लिइरहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लाेसपाका पुरुषाेत्तमलाल झाकाे ३ सय ३१ मत रहेकाे छ भने राप्रपाका विना जायसवालकाे १ सय ३३ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राकाे २ सय २ मत रहेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.