|

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलाको मत गणना सुरु गरिएको छ।

भोटखोला गाउँपालिकामा मतपेटिका संकलन ढिलाइ भएपछि मत गणना हुन सकेको थिएन। थुदाम मतदान केन्द्रको मतपेटिका आइपुगेपछि आइतबार साँझ ६ : १५ बजे बाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले जानकारी दिए।

सडक सञ्जाल नभएको भोटखोलामा गाउँपालिका केन्द्रसम्म आइपुग्न ३ दिन पैदल हिँड्नु पर्ने हुन्छ। यातायात पहुँच नभएको भोटखोलामा मतपेटिका संकलनमा ढिलाइ भएको थियो।

भोटखोला गाउँपालिका २ दूधपोखरी आधारभूत विद्यालय थुदाम मतदान केन्द्रको मतपेटिका आइतबार दिउँसो १ बजे मात्र निर्वाचन अधिकृतको कार्यालय हटिया आइपुगेकाे थियो।

थुदाम मतदान केन्द्रमा ५९ जना मतदाता भएपनि २६ मत मात्र खसेको थियो।

भोटखोला गाउँपालिकामा ५ वडामा १० मतदान केन्द्र रहेका थिए। भोटखोलामा ५ हजार २ सय २७ मतदाता मध्ये ३ हजार ६ सय ५४ मत मात्र खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.