|

धादिङ: धादिङको सदरमुकाम धादिङबेँसीमा गुण्डागर्दीविरुद्ध र्‍याली निकालेको छ। स्वतन्त्र उम्मेदवारहरूलाई खुलेआम धम्की आएको भन्दै स्वतन्त्र उम्मेदवारका समर्थक एव्ं धादिङवेँसीका स्थानीयले शान्ति सुरक्षाको माग गरेका हुन्।

स्थानीय तह निर्वाचनको दिनदेखि हरेक दिन निलकण्ठ नगरपालिका वडा नं ३ का स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठलगायत स्थानियलाई स्थानीय टोले गुण्डाहरूले धम्की दिएको उनीहरूको आरोप छ।

गुण्डागर्दीविरुद्ध र्‍यालीपछि सुरक्षाको माग गर्दै स्थानीय राधे भनिने राधाकृष्ण भण्डारी, लापाली भन्ने प्रकाश तामाङ, सुजन सुवेदी, विमल शाही ठकुरी, नारायण श्रेष्ठ, सरु भन्ने सरोज अधिकारी, दनु भन्ने सुजन तामाङ, ललित तामाङ लगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरीसमेत दिएका छन्।

उनीहरूले आफ्नो पक्षलाई भोट नदिएको भन्दै बजारलाई आतंकित पारेकाले सुरक्षाको माग गर्दै उजुरी दिएको स्वतन्त्र उम्मेदवार श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.