|

काठमाडौंः कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ। आइतबार दिउसो मनमोहन अस्पतालमा अन्तिम पिताले अन्तिम सास लिएको लामाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

लामाका पिताको दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा उपचार भइरहेको थियो। लामाले फेसबुकमा बाबुछोराको फोटो सहित एउटा भावुक स्टाटस लेखेका छन्। जहाँ उनले भनेका छन्, मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरू संगै भएकोमा आफुलाई भाग्यशाली ठान्दछु। तर के गर्नु आखिर मन त हो भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि।'

'बाउ तिमी बिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ', उनले लेखेका छन्, 'तर मलाई विश्वास छ तिमी जहाँ छौ खुसी छौ, तिम्रो खुसी नै मेरो खुसी हुनेछ। अब म तिमिलाई कल्पनामा मात्र जिस्काउँछु है।  सायद झस्किन्छु होला तिमीलाई नपाउँदा।'

सोमबार बुद्ध जयन्तीको दिन बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिने लामाले बताएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.