|

इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आइतबार राति भएको खेलमा वेस्ट ह्याम युनाईटेड सँग २-२ गोलको बराबरीमा रोकिएको छ। अन्तिम चार मिनेट बाँकी रहँदा रियाद महारेजले पेनल्टीको मौका गुमाउँदा सिटी संभावित जितबाट विमुख हुन पुगेको थियो।

पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै खेलमा फर्किए पनि अन्तिममा पाएको मौका चुकाउन पुग्दा दोस्रो स्थानको लिभरपुललाई केही राहत मिलेको छ। लन्डन स्टेडियममा भएको खेलमा घरेलु टोली वेस्टह्यामका लागि दुवै गोल जारोड बोवेनले गरेका थिए। सिटीका लागि ज्याक ग्रेलिसले एक गोल तथा एक गोल आत्माघाती गोलका रुपमा रह्यो।

खेलमा २४औं मिनेटमा पाब्लो फोर्नाल्सको पासमा बोवेनले गोल गर्दै वेस्टह्यामलाई सुरुवाती अग्रता दिलाए। ४५औं मिनेटमा बोवेनले मिचेन एन्टोनियोको पासमा व्यक्तिगत तथा टीमका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा सिटीलाई दबाबमा पारेका थिए।

तर दोस्रो हाफमा खेलमा फर्कने क्रममा सिटीले ४९औं मिनेटमा ज्याक ग्रेलिसले गोल मार्फत पहिलो गोल गरे। ६९औं मिनेटमा भ्लादिमिर कोउफलले आत्मघाती गोल गरेपछि सिटीले बराबरी गरेको थियो। 

८६औं मिनेटमा सिटीले अग्रता लिने सुवर्ण मौका खेर फाल्दा सिटी जितबाट वञ्चित बन्यो। सिटीले पेनल्टीको अवसर पाएको बललाई रियाद महारेजले गरेको प्रहार वेस्टह्यामका गोलरक्षक लुकास्ज फाविएन्स्कीले बचाएका थिए। बराबरीसँगै शीर्ष स्थानमा रहेको सिटीले अग्रता फराकिलो बनाउने अवसर गुमाउँदा दोस्रो स्थानको लिभरपुललाई फाइदा पुगेको छ।

सिटीको ३७ खेलबाट ९० अंक तथा दोस्रो स्थानमा रहेको लिभरपुलले ३६ खेलबाट ८६ अंक रहेको छ। लिभरपुलले आफ्नो ३७ औं खेलमा हार बेहोरेमा सिटीले उपाधि जित्नेछ भने जित निकालेमा अन्तिम खेल निर्णायक हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.