|

दैलेख : दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा महिला विजयी भएका छन्।

कांग्रेसको तर्फबाट उम्मेदवार रिता शाही र उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार देवी भण्डारी विजयी भएका हुन्। कांग्रेसकी रिता शाहीले नेकपा एमालेका सर्वराज महतारालाई १६ मतले पछि पार्दै विजयी भएकी छन्। गाउँपालिका अध्यक्षमा विजयी शाहीले ३९७६ मत प्राप्त गरी जित हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वराज महताराले ३९६० मत ल्याउँदै पराजित भएका भैरवी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भैरवी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका देवी भण्डारी विजयी भएकी छन्।

भण्डारीले एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार पदमकुमारी विष्टको भन्दा १४७ बढी मत प्राप्त गर्दै विजयी भएकी हुन्। कांग्रेसबाट उपाध्यक्षमा विजयी भण्डारीले ३३७४ मत प्राप्त गरेकी छन् भने एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार पदमकुमारी विष्टले ३२२७ मत प्राप्त गर्दै पराजित भएकी हुन्।

उपप्रमुखमा माओवादी केन्द्रका ऐनबहादुर कठायतले ५०८ मत प्राप्त गरेको जनाइएको छ। यस्तै, सात वडा रहेको भैरवी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले पाँच वडामा जित हात पारेको छ। अन्य दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.