|

भोजपुर :  साल्पासिलिछो गाउँपालिकामा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

एमालेले टिकट नदिएको भन्दै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दौलथ कुलुङ अध्यक्ष निर्वाचित भएका हुन्। कुलुङ कांग्रेसका महेश राईलाई  २८ र एमालेका शान्तिबहादुर अधिकारीलाई ४३१ मतले पछि पार्दै विजयी बनेका हुन्। कुलुङले एक हजार ८१४ मत प्राप्त गरे। राईले एक हजार ७८६ र अधिकारीले एक हजार ३८३ मत ल्याए ।  

उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८६२ मतसहित विजयी भइन्। एमालेकी रिता घलेले पराजित भइन्। गाउँपालिकाका ६ मध्ये एउटामा एमाले र पाँच वडामा कांग्रेसले जितेको छ। 

एमालेले अधिकारीलाई उम्मेदवार बनाएपछि कुलुङले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.