|

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी माया रानालाई १ हजार ६ सय ४५ मतान्तरले हराउँदै थापा विजयी भएका हुन्।

थापाले ६ हजार ७ सय मत प्राप्त गरेर विजयी भएका हुन् भने दाेस्राे भएकी रानाले ५ हजार ५५ मत ल्याएकी छन्। गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला विजयी भएकी छन्।

उनले ६ हजार २ सय २३ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार बोमबहादुर लामिछानेले ४ हजार ८ सय ३० मत प्राप्त गरेका छन्। १३ सय ९३ मतको फराकिलो मतान्तरले कोइराला विजयी भएकी हुन्।

१७ हजार ९ सय ३८ मतदाता रहेका कालीगण्डकीमा १२ हजार २ सय ७१ मत खसेको थियो। अध्यक्ष थापा र उपाध्यक्ष कोइराला यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कालीगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमै विजयी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.