|

भोजपुर : जिल्लाको पौवादुङमा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष दुवै पद नेकपा एमालेले जित हासिल गरेको छ। यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भएका छन्।

उनले दुई हजार ४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ एक हजार ६८८ र नेपाली काङ्ग्रेसका टेकनरसिं कार्कीले  एक हजार ३७१ मत ल्याएका छन्।

किरणको यो दोस्रो जित हो। यसअघिको निर्वाचनमा यहाँ उपाध्यक्ष भने माओवादीले जितेको थियो।

उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर विजयी बनिन्। उनलेकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सम्झना राईले एक हजार ७६९ मत र कांग्रेसकी रामकुमारी राईले एक हजार ३८७ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.