|

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। 

पछिल्लो मतगणना अनुसार महर्जनले ४ हजार ४ सय ७३ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ हजार ६ सय २१ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले २ हजार पाँच प्राप्त गरेकी छिन्। उपप्रमुख पदको खरायो चिन्हले ७ सय ९ मत प्राप्त गरेको छ।  

अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा २९ वडा छन्। एक लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको कार्यालयको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.