दलहरूप्रति नागरिकको वितृष्णा बढ्दो

|

धादिङ: धादिङको ४६ वडाको मत परिणाम सार्वजनिक हुँदा ३ वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्। नीलकण्ठ नगरपालिका-३, धुनीवेँसी नगरपालिका-५ र ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवा विजयी भएका हुन्।

दलहरूप्रति नागरिकको वितृष्णा बढ्दै गएको र स्वतन्त्र उम्मेदवारप्रति जनताको आकर्षण बढेका कारण दलको वर्चश्व भएको स्थानमा समेत स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।

नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपी भण्डारीले ६ सय ३९ मत प्राप्त गरे।

नेपाली काँग्रेसको क्षेत्रीय समिति सदस्यसमेत रहेका श्रेष्ठको विजयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाली काँग्रेसभित्रको चरम विवाद र मतदाताले मन पराएको व्यक्तिलाई पार्टीले टिकट नदिएका कारण यस्तो अवस्था आएको विष्लेषकहरूको भनाइ छ । नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडा सदरमुकाम क्षेत्र हो।


यसैगरि ज्वालामुखी गाउँपालिका-४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङ विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि खरायो चिन्ह लिएर चुनाव लडेका नेपाली काँग्रेसका पुराना कार्यकर्ता गुरुङले १ हजार १ सय ३० मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराबहादुर अर्यालले ५ सय ९४ मत प्राप्त गरेका थिए। नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल श्रेष्ठले ५ सय ९१ मत ल्याएका ज्वालामुखीस्थित निर्वाचन कार्यालयले जनाएको छ।

अहिले स्वतन्त्रबाट विजयी भएका गुरुङ २०७४ सालको स्थानीय चुनावमा कांग्रेसबाटै टिकट लिएर विजयी भएका वडा अध्यक्ष हुन्। 

धादिङकै अर्को नगरपालिका धुनिबेँसी नगरपालिका-५ को वडा अध्यक्षमा स्वतन्त्रका विशाल भट्टराई निर्वाचित भएका छन्। नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका भट्टराईले ८ सय ८६ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मीले ६ सय ७८ मत प्राप्त गरे। पराजित रेग्मी वडा अध्यक्षबाट राजीनामा दिएर दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका थिए।  


दलका उम्मेदवारहरूलाई हराउँदै स्वतन्त्र उम्मेदवारले विजय हासिल गर्नु भनेको जनताको दलप्रतिको अविश्वासको रुपमा लिन सकिन्छ।

धादिङको ४६ वटा वडाको नतिजा यस्तो छ

कांग्रेस

नेत्रावती डबजोङ १ ठाकुर गुरुङ विजयी

नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ विजयी

नेत्रावती डब्जोङ ३ सुरेश गुरुङ विजयी

रुविभ्याली १ पम्बर तामाङ विजयी

बेनिघाट रोराङ १ जीवन सिं तामाङ

ज्वालामुखी २ राजु लोप्पा विजयी

ज्वालामुखी ३ उमेश श्रेष्ठ विजयी

गजुरी २ द्रोण कडेल विजयी

गजुरी ३ ऋषिलाल श्रेष्ठ विजयी

गजुरी ४ सुरेन्द्र चेपाङ विजयी

गल्छी ४ राजु अधिकारी विजयी

त्रिपुरासुन्दरी १ भीमप्रसाद भट्ट विजयी

धुनीबेसी ३ प्रकाश हमाल विजयी

सिद्धलेक २ सागर गुरुङ विजयी

खनियाबास ४ लिलामान तामाङ विजयी

माओवादी केन्द्र

नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी

नीलकण्ठ २ ध्वजबहादुर गुरुङ विजयी

धुनीबेँसी १ मानबहादुर तामाङ विजयी

धुनीबेँसी ६  रमेश आचार्य विजयी

बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी

बेनीघाट रोराङ ४ राजुबहादुर मगर विजयी

बेनिघाट रोराङ ५ शिव सिल्वाल विजयी

गल्छी ३ राजन भुजेल विजयी

गल्छी ५ सरोज तामाङ विजयी

गजुरी १ तारा भण्डारी विजयी

गजुरी ५ गोबिन्द लामिछाने

सिद्धलेक १ पेमा लामा विजयी

गंगाजमुना १ बहादुर सिङ लामा विजयी

एमाले

गल्छी १ यदुकुमार खतिवडा विजयी

गल्छी २ षडानन्द खनाल विजयी

थाक्रे १ श्याम सुन्दर थापा विजयी

बेनीघाट रोराङ ३ भुवन त्रिपाठी विजयी

ज्वालामुखी १ कृष्ण गिरी विजयी

नीलकण्ठ ४ हरिबहादुर श्रेष्ठ विजयी

एकीकृत समाजवादी

धुनीबेसी २ लक्ष्यजित तामाङ विजयी

धुनीबेसी ४ हरि सुवेदी विजयी

गंगाजमुना ७ रविन अधिकारी विजयी

रुविभ्याली २ रुप घले विजयी

राप्रपा

खनियाबास १ सोनाम बहादुर तामाङ विजयी

खनियाबास २ अरुण कुमार पाख्रिन विजयी

खनियाबास ३ कमनसिं तामाङ विजयी

रुबीभ्याली ४ प्रशान्त तामाङ

स्वतन्त्र

नीलकण्ठ ३ राजकुमार श्रेष्ठ

ज्वालामुखी ४ कृष्णबहादुर गुरुङ

धुनीबेसी ६ विशाल भट्टराई विजयी

जसपा

रुबीभ्याली ३ फेदोर्जे तामाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.