|

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापा विजयी भएका छन्। थापा नेपाली कांग्रेसका उम्मेदवार दशरथ खड्कालाई पराजित गर्दै विजयी भएका हुन्। 

अध्यक्षमा निर्वाचित थापाले २८४६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दशरथ खड्काले २२०३ मत ल्याएका थिए। भगवतीमाई गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार शान्तिप्रसाद शर्माले १९३४ मत प्राप्त गरेका जनाइएको छ। 

उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसकी मीनाकुमारी खड्का ३६८३ मत ल्याई विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी मनीषा सोनी २२४७ मत ल्याउँदै पराजित भएकी हुन्। 

भगवतीमाईमा एमालेबाट उपाध्यक्षका उम्मेदवार वसन्ता शाहीले १९२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्कीले बताए। भगवतीमाई गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल रहेको थियो। 

११ वटा स्थानीय तह रहेको दैलेखमा अहिलेसम्म ६ वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ। ६ स्थानीय तहमध्ये भैरवी र महावु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। यसैगरी डुंगेश्वर र गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। नौमूले र भगवतीमाई गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.