|

झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ। आक्रमणमा एक महिला गम्भीर घाइते भएकी छिन्। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ पशुपति टोल निवासी ७० वर्षीय पेना किसान रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजेर ४५ मिनेटमा टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट निस्किएको हात्तीले बगरमा हिँडिरहेको अवस्थामा किसानमाथि आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएका किसानलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको थियो। 

सोमबार दिउँसो मेचीनगर-९ स्थित थोप्लेविरान सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा सोही ठाउँ निवासी ३८ वर्षीया झुमा भनिने बसन्ती दनुवारलाई हात्तीले आक्रमण गरी सख्त घाइते बनाएको छ। हात्तीको आक्रमणबाट दनुवारको पेट र शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइते दनुवारको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको डिएसपी पाठकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.