|

खोटाङ : खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित भएको छ।

अध्यक्षमा कांग्रेसका रविप्रकाश राई निर्वाचित भएका भएका हुन्। उनले माओवादी केन्द्रका अर्जुनकुमार खड्कालाई पराजित गरेका छन्।

राईले १ हजार ८५० मत र खड्काले १ हजार ७७२ मत पाएका छन्। खड्का निवर्तमान अध्यक्ष पनि हुन्।

यसअघि यो पालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका थिए। तर यसअघि निर्वाचित भएका दुवै जना यसपटक पराजित भएका हुन्।

उपाध्यक्षमा कांग्रेसकी सरिता खड्का माओवादीकी विर्सिका राईसँग पराजित भएकी छन्।

विर्सिकाले २ हजार १२ र सरिताले १ हजार २२४ मत पाएकी छिन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.