|

श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भीषण बाढी आएको छ। राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतन पूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ।

बाढीमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका छन्।

मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन्। सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ। सो बाढीका कारण आएको पहिरोका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.