|

धनकुटा : २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्वीप गरेको धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन्। पराजित राईले ५ हजार ५३ मत ल्याएका छन्।

यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले ५ हजार ६२ पाएर विजयी भएकी छन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलालाई ४ सय २१ मतले पराजित गरेकी हुन्।

निरौलाले ४ हजार ६ सय ४१ मत पाएका छन्।

गाउँपालिकाका १० वटै वडाको मतगणना सम्पन्न भएको छ। मत परिणामअनुसार वडा नं. २, ३, ७, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका छन्।

वडा नं. १, ४, ५, ६ र ८ मा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.