|

काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित हो। 

मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। 

महानगरमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्।  

पछिल्लो मतपरिणामअनुसार रेनुले ५ हजार ३ सय ५० मत ल्याउँदा एमालेका सुवेदी ५ हजार ३ सय ३३ मत ल्याएका छन्। रेनु र सुवेदी बीच मत गणना सुरु भएदेखि नै कडा प्रतिस्पर्धा देखिएको छ।

गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेल २ हजार ५ सय ५८ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.