|

सल्यान : कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरूले जित हाँसिल गरेका छन्।

गठबन्धनबाट एकीकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी भएका भने माओवादी केन्द्रका प्रकाश भण्डारीले ३२४० मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका भिम बहादुर सेनले २९३६ र उपाध्यक्ष पदमा एमालेकै भिमा बुढाथोकीले २७४५ मत प्राप्त गरेका छन्।

यस्तै कांग्रेसका तर्फबाट विष्णु प्रसाद शर्माले अध्यक्ष पदमा १५७२ र ओकी महताराले उपाध्यक्ष पदमा १५३९ मत प्राप्त गरे। राष्ट्रिय जनमोर्चाका तुल्सीराम योगीले २७ मत प्राप्त गरे।

वडा नम्बर ६ मा राप्रपाका श्यामकृष्ण बोहराले ५५० मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन्। एमालेसँग तालमेल गरेको राप्रपाले वडा नं ६ मा जित हात पारेको हो।

कपुरकोट गाउँपालिकामा वडा नं १ र ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित निकालेको छ भने वडा नं २ र ४ को वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

यस्तै वडा नं ३ मा नेपाली कांग्रेस र वडा नं ६ मा एमाले र राप्रपाको समीकरणबाट राप्रपाले जित हाँसिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.