दैलेख : स्थानीय तह निर्वाचनको मत परिणामबारे समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीले कुटपिट गरको छ।
रेडियो नेपाल दैलेख संवाददाता भीमबहादुर सिजापति र पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटामाथि प्रहरीले कुटपिट गरेको हो।
प्रहरीको कुटाइ खाएका पत्रकार सिजापतिले आफू रिपोर्टिङमा हिँडेको भन्दै कार्ड देखाउँदासमेत प्रहरीले कुटपिट गरेको बताए।
नारायण नगरपालिकाको मतगणना हुँदै गर्दा दैलेख बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेर अघि एक समुहले प्रहरी माथि ढुंगा प्रहार गरेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेको थाहा संवाददाता उदयराज अधिकारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।