|

पर्वत : पर्वतको मोदी गाउँपालिका–५ लाई नेकपा एमालेका मतदाताहरू धेरै भएको आधार क्षेत्रको रूपमा हेर्ने गरिन्छ। जिल्लाभर कम्युनिस्ट पाटीको वर्चस्व रहेका वडाहरू मध्येमा बाजुङ पनि अग्रपङ्क्तिमा आउँछ। ३० वर्षदेखि हरेक पटकका निर्वाचनमा एमालेले जीत हात पार्दै आएको एमालेले दुई मतको अन्तरका कारण त्यही बाजुङको वडाध्यक्ष पद गुमाएको छ।

कांग्रेसका उम्मेदवार मानबहादुर अधिकारीले १ हजार ११४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार तेजबहादुर क्षेत्रीले त्योभन्दा दुई कम १ हजार ११२ मत पाएका छन्। बाँकी रहेका ४ जना सदस्यहरूमा भने एमालेकै उम्मेदवारहरू निर्वाचित भएका छन्। दुई जना खुल्ला सदस्य पदमा १ हजार २२२ मत सहित राजेश बहादुर शाही र १ हजार १४१ मतसहित बम बहादुर कुँवर निर्वाचित भएका छन्।

ती पदहरूमा प्रतिस्पर्धा गरेका काँग्रेसका चन्द्र प्रसाद पौडेलले ९५८, नेकपा माओवादीका अम्मर बहादुर अधिकारीले ८९३, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयबहादुर सुवेदीले ४६ र खरक बहादुर कुँवरले ३२ मत पाएका छन्। महिला सदस्य पदमा एमालेकी कृष्ण कुमारी मल्ल १ हजार २९० मत ल्याएर निर्वाचित भएकी छिन्। सोही पदमा प्रतिस्पर्धा गरेकी माओवादीकी गमु कुमारी हमालको पक्षमा ७७४ मत परेका छन्। दलित महिला सदस्य पदमा पनि एमालेकी पवित्रा विश्वकर्मा निर्वाचित भएकी छिन्। उनले १ हजार २६१ मत ल्याउँदा काँग्रेसकी भीमदेवी सुनारले ८२६ मत पाएकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.